scroling2

सभ्य समाज निर्माण गर्न सबैकालागि, सधैका लागि निस्वार्थ र पूर्वाग्रहरहित पुस्तकालय सेवा आजको आवस्यकता र यहि नै धर्म हो।

menubar

2nd scrolling

चितवनमा भएका पुस्तकालय र यिनमा कार्यरत कर्मचारी,चन्दादाताहरु, पुस्तकालय बिज्ञानको तालिम लिएका वा अध्ययन गरेका व्यक्तिहरु यस संघमा सदस्य लिन, पुस्तकालय तालिममा सहभागी हुन चाहने ब्यक्ति वा संस्थाले तोकिएको फारम भरि आफ्नो नामदर्ता गर्नको लागि gmail login गरी यसमा दिएको Online Application Click गरी फर्म भर्न सक्नुहुनु हुनेछ । संपर्क मोबाईल: ९८४५०४८५७५
Salko pata tapari Embed Music Files - Audio Hosting - arara

Friday, 31 August 2018

समाचार

आज एघारौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा यहि १५  भाद्र २०७५ गते चितवन पुस्तकालय संघको आयोजना र दोभान पुस्तकालयको सहआयोजनामा दोभान पुस्तकालयमा विशेष साहित्यिक गोष्ठी र पुस्तकालय विचार गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका वडा अध्यक्ष आदरणीय अरुण पीडित भण्डारी र विशिष्ट अतिथिहरुमा पुस्तकालय विज्ञ रुद्र बहादुर बोहरा, इन्द्र रेग्मी ,महेन्द्रप्रसाद अधिकारी,भीम भन्डारी, हुनुहुन्थ्यो। कार्यक्रममा कविहरु प्रकाश चापागाईं, रेवती रमण खनाल, वसन्त मोहन अधिकारी, अम्बिका कार्की, अनिशा थापा, रुद्र कँडेल, निलकण्ठ ढुङ्गाना,रमा सापकोटा, साबित्री सुवेदी हिरालाल कँडेल ,अञ्जु पन्डित लगायतका थुप्रै कविहरुको रचनाहरु प्रस्तुत भएकाे थियाे। आजको बिशेष कार्यक्रममा चितवन पुस्तकालय संघका अध्यक्ष एकनारायण पौडेल ज्युको सभापतित्वमा र दोभान पुस्तकालयको अध्यक्षले श्री दोभान पुस्तकालयको बारेमा प्रकाश पर्दै उहाको आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन गजलकार पुष्प अधिकारी अञ्जलिले गरेका थिए। 

सोहि अबसरमा वीरेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत  पुस्तकालय अधिकृत श्री महेन्द्र प्रसाद अधिकारीद्वारा बनाइएको चितवन पुस्तकालय संघको www.chitwanlibraryassociation.blogspot.com यो लिंकलाई  पनि नेपाली राष्ट्रिय गान को धुन यसै लिंकबाट बजाएर उद्घाटन गरिएको थियो।


त्यस्तै गरी  १४   भाद्र २०७५ गते पुस्तकालय संघका पदाधिकारी र सल्लाहकारहरुको एक टोलि वीरेन्द्र बहुमुखी क्याम्पसमा जम्मा भएर बिहान करिब १२.१५ बजे देखि बेलुका ५.००  बजे सम्म चितवनका  विभिन्न कार्यालयका पुस्ताकलयहरुको अबलोकन कार्य  सम्पन्न गर्नु भएको थियो। उक्त अबलोकन कार्यक्रमको शुभारम्भ वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले समुद्घाटन गर्नु भएको थियो।

No comments:

Post a Comment